
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ ।
थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको पाइएको छ । स्थानीयका अनुसार उक्त गाडी छाडेर प्रहरीकै गाडीमा चढेर ती चालक फर्किएको बताएका छन् । उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको छ ।


यसअघि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा समस्या सिर्जना गरिएको थियो । त्यस्तै एउटा कार अनामनगरस्थित भाटभटेनी अगाडी पनि भेटिएको थियो ।

उक्त घटनापछि तीनवटै सञ्चारगृहमा प्रहरी पुगेर गाडीधनीको खोजी सुरु गरेको र अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।




