
दोलखा, २९ असार । कालिञ्चोक गाउँपालिका, क्याम्पोलमा पहिरोमा परेर चार महिनाकी बालिकाको मृत्यु भएको छ ।
आइतबार राति सुनखानी–साङ्वा सडकअन्तरगत क्याङ्पोल हेलेक्पाथलीको पहिरोमा परी चार महिनाको बालिका एलिना थामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

१९ वर्षीय आमा शर्मिला थामी घाइते भएको वडा नं १ का वडाध्यक्ष पदम थामीले जानकारी दिए । उनका अनुसार घाइते शर्मिलालाई स्थानीयले उद्धार गरी धुलिखेल अस्पताल दोलखा ल्याइएकोमा थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।




