
काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार अहिराजलाई जबर्जस्ती करणी मुद्धामा दोषी ठहर गरेको हो ।

इजलासले सजाय निर्धारणका लागि साउन ३२ गते पेशी तोकेको छ । राजेश अहिराज मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख, पत्रकार तथा मधेशवादी अभियन्ता हुन् ।




