शरणार्थी पक्ररणः टोपबहादुर रायमाझी ४ बर्ष जेल बस्नु पर्ने

काठमाडौं, ३० असार । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले आज सजाय निर्धारण गरेको हो।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय तोके अनुसार रायमाझीले ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद भोग्नु पर्ने भएको छ।

त्यस्तै एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको हो।

उनी हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।