१०४ बर्षे इतिहासमा स्पेनले ७१ गाेल हान्दा, फ्रान्सले फर्काएकाे छ ४४ गाेल मात्र

काठमाडौं, ३० असार । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा युरोपका शीर्ष दुई वरीयता प्राप्त टोली तथा विश्व फुटबलकै सबैभन्दा कडा प्रतिद्वन्द्वी मानिने स्पेन र फ्रान्स आज आमनेसामने हुँदैछन्।

फिफा विश्वकप २०२६को पहिलो सेमिफाइनल खेल टेक्सासको आर्लिङ्टनस्थित डलास स्टेडियममा हुनेछ, जुन नेपाली समय अनुसार आज राती १२ः४५ बजे देखी सुरू हुनेछ । यस प्रतियोगिताका लागि उक्त रङ्गशालाको दर्शक क्षमता ७० हजार ६४९ रहेको छ।

फ्रान्स र स्पेन एकअर्काका परिचित प्रतिद्वन्द्वी हुन् र उनीहरूबीच अहिलेसम्म ३८ पटक प्रतिस्पर्धा भइसकेको छ। आमनेसामनेको नतिजामा स्पेनको पल्ला भारी छ, उसले १८ खेल जितेको छ। फ्रान्सले १३ खेल जितेको छ भने सात खेल बराबरीमा टुंगिएका छन्।

उनीहरूबीचको पछिल्लो भेट करिब एक वर्ष अघि सन् २०२५ को युइएफए नेसन्स लिगको सेमिफाइनलमा भएको थियो। उक्त रोमाञ्चक खेलमा स्पेनले फ्रान्सलाई ५–४ ले पराजित गरेको थियो, जसमा यामालले दुई गोल गर्दै टोलीलाई अघि बढाएका थिए।

हालसम्म फ्रान्स र स्पेन बिच भएका सबै ऐतिहासिक फुटबल खेलहरूको नतिजा यसप्रकार रहेको छ ।

१९२२ः फ्रान्स ०-४ स्पेन
१९२३ः स्पेन ३-० फ्रान्स
१९२७ः फ्रान्स १-४ स्पेन
१९२९ः स्पेन ८-१ फ्रान्स
१९३३ः फ्रान्स १-० स्पेन

१९३५ः स्पेन २-० फ्रान्स
१९४२ः स्पेन ४-० फ्रान्स
१९४९ः फ्रान्स १-५ स्पेन
१९५५ः स्पेन १-२ फ्रान्स
१९५८ः फ्रान्स २-२ स्पेन

१९५९ः फ्रान्स ४-३ स्पेन
१९६१ः स्पेन २-० फ्रान्स
१९६१ः फ्रान्स १-१ स्पेन
१९६३ः स्पेन ०-० फ्रान्स
१९६८ः फ्रान्स १-३ स्पेन
१९७१ः स्पेन २-२ फ्रान्स

१९७८ः फ्रान्स १-० स्पेन
१९८१ः स्पेन १-० फ्रान्स
१९८३ः फ्रान्स १-१ स्पेन
१९८४ः फ्रान्स २-० स्पेन

images

१९८८ः फ्रान्स २-१ स्पेन
१९९१ः फ्रान्स ३-१ स्पेन
१९९१ः स्पेन १-२ फ्रान्स
१९९६ः फ्रान्स १-१ स्पेन

१९९८ः फ्रान्स १-० स्पेन
२०००ः फ्रान्स २-१ स्पेन

images

२००१ः स्पेन २-१ फ्रान्स
२००६ः स्पेन १-३ फ्रान्स
२००८ः स्पेन १-० फ्रान्स
२०१०ः फ्रान्स ०-२ स्पेन

२०१२ः स्पेन २-० फ्रान्स 
२०१२ः स्पेन १-१ फ्रान्स
२०१३ः फ्रान्स ०-१ स्पेन
२०१४ः फ्रान्स १-० स्पेन
२०१७ः फ्रान्स ०-२ स्पेन

images

२०२१ः स्पेन १-२ फ्रान्स (यूईएफए नेसन्स लिग फाइनल)
२०२४ः फ्रान्स १-२ स्पेन (यूईएफए युरो)
२०२५ः स्पेन ५-४ फ्रान्स (यूईएफए नेसन्स लिग)
२०२६ः फ्रान्स विरुद्ध स्पेन (विश्वकप सेमिफाइनल) : जुन नेपाली समय अनुसार आज राती १२ः४५ बजे देखी सुरू हुनेछ ।

सन् १९२२ देखि २०२५ सम्मका ३८ खेलहरू अनुसार दुवै टोलीले एक(अर्काविरुद्ध प्रहार गरेका कुल गोलको संख्या यस प्रकार छ रहेको छ ।

फ्रान्सले स्पेनलाई हानेको कुल गोलः ४४

Nepal life insurance

स्पेनले फ्रान्सलाई हानेको कुल गोलः ७१

 

स्पेनको जितः १८
फ्रान्सको जितः १३
बराबरीः ७