छात्राहरूलाई दुर्व्यबहार गर्ने दुई शिक्षक र एक चालक पक्राउ

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयका छात्राहरूले शिक्षकबाट दुर्व्यवहार भएको आरोप लगाउँदै प्रदर्शन गर्ने तयारी गरेको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाको अनुसन्धानका क्रममा संलग्न देखिएका सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, वडा नम्बर २ का ३० वर्षीय किशोरलाल गच्छदार र वडा नम्बर १२ का ३५ वर्षीय अबिरल मास्केलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेमा कानुनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।

यस घटनाबारे सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न पनि प्रहरीले सबैलाई आग्रह गरेको छ । प्रहरीले घटनाको वास्तविक तथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ ।