
काठमाडौं, ४ । आईतबार राती सम्पन्न विश्वकप फाइनलमा स्पेनसँग पराजित भए पछि अर्जेन्टिना स्तब्ध भएको छ।
साबिक बिजेता अर्जेन्टिना अतिरिक्त समयमा स्पेनसँग १–०ले पराजित भए पनि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले यसलाई स्वभाविक भनेका छन।


न्युजर्सी स्टेडियम, अमेरिकामा भएको खेलमा दुवै टोली निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरी भए पछि अतिरिक्त समयमा स्पेन बिजेता बन्न सफल भएको हो । स्पेनका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्ट्राइकर फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाउन पर्याप्त भएको थियो ।

तर, अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले आइतबारको फाइनलमा आफ्नो टोलीलाई पछि पार्दै स्पेनले विश्वकप जित्नु न्यायोचित नै रहेको भन्दै स्वीकार गरेका छन् ।


‘मलाई दुःख लागेको छ,’ खेलपछि स्कालोनीले भने, ‘हामी यहाँसम्म कसरी आइपुग्यौं भन्नेबारे धेरै कुरा भन्न सकिएला तर त्यसको कुनै अर्थ छैन। म केवल ती खेलाडीहरूलाई असीम धन्यवाद दिन चाहन्छु, जसले हामीलाई फेरि एकपटक फाइनलसम्म पुर्याए।’
स्कालोनीले कप्तान लियोनेल मेस्सीसँग उनको भविष्यबारे कुरा नगरेको पनि बताए। ३९ वर्षीय मेस्सीले प्रतियोगितामा ८ गोल गरे पनि फाइनलमा भने आफ्नो सामान्य प्रभाव जमाउन निकै संघर्ष गर्नु परेको थियो, स्पेनको मिडफिल्डले उनलाई बल छुनवाट रोक्न निकै कोशिश गरेका थिए ।

‘उनी अहिले ३९ वर्षका भए,’ स्कालोनीले भने, ‘मेरो लागि यो कुरा एकदमै स्पष्ट थियो र छ पनि कि उनले नखेल्ने निर्णय नगरेसम्म खेलि रहने छन्।’
‘म आशा गर्छु कि सबैजना उनीप्रति र उनले हासिल गरेका उपलब्धिहरूप्रति गर्व गर्छन् किनकि उनी फुटबल मैदानमा उत्रिएका अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन्। यसमा मलाई कुनै शंका छैन, यो विश्वकपमा उनले गरेको प्रदर्शन अविश्वसनीय थियो, साथै यसअघि उनले गरेका कामहरू पनि उत्तिकै उत्कृष्ट थिए ।’




