मध्यपूर्वमा अमेरिकी सेनाद्वारा इरान लक्षित थप आक्रमण, ५० हजारभन्दा बढी सैनिक उच्च शतर्कतामा

अमेरिकी सैन्य बलले मध्यपूर्वमा इरान लक्षित थप हवाई आक्रमणहरू सम्पन्न गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले दिएको जानकारीअनुसार यस क्षेत्रमा तैनाथ ५० हजारभन्दा बढी अमेरिकी सैनिकहरूलाई उच्च सतर्कतामा राखिएको छ ।

सेन्ट्रल कमाण्डका अनुसार गत जुलाई १७ मा जोर्डनमा अमेरिकी सेवाका सदस्यहरूमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी) संवद्ध लक्ष्यहरूमाथि पछिल्लो सैन्य कारबाही गरिएको हो । मध्यपूर्वभरि ५० हजारभन्दा बढी अमेरिकी सैन्य जनशक्ति परिचालित छन् ।

‘उनीहरू अत्यन्त शतर्क, केन्द्रित र जुनसुकै परिस्थिति सामना गर्न पूर्ण रूपमा तयार रहेका छन् ।’ सेन्टकमले आफ्नो आधिकारिक विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकी सेनाले यस क्षेत्रमा आफ्ना सुरक्षाकर्मीहरूमाथि हुने आक्रमणको प्रतिकार गर्न र सुरक्षा व्यवस्था सुदृढ बनाउन सैन्य उपस्थिति र शतर्कतालाई तिब्रता दिँदै आएको छ ।