
काठमाडौँ । धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मल आयात गर्नेक्रममा २५० मेट्रिक टन डीएपी मल विराटनगर भन्सार आइपुगेको छ ।
त्यस्तै १२५० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक आज बिहान रक्सौल आइपुग्ने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

साथै, कोलकाताबाट थप २५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ । यसैबीच, ३० हजार मेट्रिक टन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।





