
चीनले बुधवार पूर्वी चीनको समुन्द्री तटबाट ‘ग्राभिटी–१’ नामक वाहक रकेटको सफल प्रक्षेपण गरेको छ । यस उडान परीक्षण मिसनको सफलतासँगै चीनले अन्तरिक्ष प्रविधिमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रकाअनुसार बुधवार बिहान १०ः५४ बजे (बेइजिङ समय) उक्त व्यावसायिक रकेट प्रक्षेपण गरिएको हो ।
रकेटले आफूसँगै लगेका नौवटा उपग्रहहरूलाई सफलतापूर्वक तिनीहरूको निर्धारित कक्षमा स्थापित गरेको छ ।

‘ग्राभिटी–१’ वाहक रकेटले यसअघि सन् २०२४ को जनवरीमा आफ्नो पहिलो उडान भरेको थियो । समुद्रबाट गरिएको यस सफल प्रक्षेपणले चीनको व्यावसायिक अन्तरिक्ष अभियानलाई थप सुदृढ बनाएको छ ।




