तमिल मुख्यमन्त्रीको फिल्मको पहिलो दिनको कमाइ ४१ करोड बढी

हैदारावाद, ८ साउन । विजय थालापती आफ्नो ३० वर्ष लामो अभिनय यात्रालाई भव्य रूपमा टुंग्याउन पूर्ण रूपमा तयार छन्।

सात महिनाको ढिलाइ पछि २३ जुलाईमा प्रदर्शनमा आएको उनको अन्तिम चलचित्र ‘जना नायकन’ले दर्शकहरूबाट अभूतपूर्व प्रतिक्रिया पाएको छ। अग्रिम बुकिङमा कीर्तिमान कायम गरे पछि विशेष गरी तमिलनाडु, केरला र कर्नाटकमा सबै शोहरू ‘हाउसफुल’ हुँदै यस चलचित्रले शानदार सुरुवात गरेको छ। आउनुहोस्, ‘जना नायकन’ को प्रदर्शनको पहिलो दिनको बक्स अफिस तथ्याङ्क माथि एक नजर हालौँ।

एच विनोथको तमिल राजनीतिक एक्सन–थ्रिलर चलचित्र ‘जना नायकन’ मा थलापति विजयले मुख्य भूमिका निर्वाह गरेका छन्। यो चलचित्र हिन्दी भाषी क्षेत्रमा ‘जन नेता’ शीर्षकमा रिलिज गरिएको हो। यस चलचित्रको चर्चा यति व्यापक थियो कि यसले अग्रिम बुकिङबाटै २८ करोड रुपैयाँभन्दा बढीको कमाइ गर्‍यो। फलस्वरूप, यसले प्रदर्शनको पहिलो दिनमै बक्स अफिसमा निकै ठूलो व्यापार गरेको छ।

स्याकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘जाना नायकन’ले रिलिजको पहिलो दिनमा ४१ करोड भारतीय रूपैयाँको ओपनिङ गरेको छ । जसअनुसार तमिल संस्करणबाट सबैभन्दा धेरै ३६.५० करोड, हिन्दी संस्करणको लागि फिल्मको पहिलो दिनको कलेक्सन १.७५ करोड र तेलुगु संस्करणबाट २.७५ करोड कमाएको छ ।

‘जन नायकन’ ले पहिलो दिन  ४१ करोड रुपैयाँको व्यापार गरेर यसले रणवीर सिंह र विक्की कौशल अभिनित ब्लकबस्टर चलचित्रहरूको पहिलो दिनको कमाइको आँकडालाई उछिनेको छ। तुलनात्मक रूपमा हेर्दा रणवीर सिंहको ब्लकबस्टर चलचित्रले पहिलो दिन २८.६० करोड रुपैयाँ कमाएको थियो भने विक्की कौशलको ‘छावा’ले पहिलो दिन ३३.१० करोड रुपैयाँ संकलन गरेको थियो। ४१ करोड रुपैयाँको ओपनिङसँगै ‘जन नायकन’ ले यी दुवै चलचित्रभन्दा राम्रो प्रदर्शन गरेको छ।

‘जन नायकन’ ले बक्स अफिसमा धमाकेदार सुरुवात गरेसँगै यो चलचित्र थलापति विजयको करियरको चौथो ठूलो ओपनिङ गर्ने चलचित्र बनेको छ। यसले ‘सरकार’को ३५.६५ करोड रुपैयाँको ओपनिङ डे कलेक्सनको रेकर्ड तोडेको छ।

भारतमा विजयका चलचित्रहरूको प्रदर्शनको पहिलो दिनको शीर्ष ५ कमाइ गरेका चलचित्र यस्ता रहेका छन । लियो ६४.८ करोड, बिस्ट ४९.३ करोड, द ग्रेटेस्ट अफ अल टाइम ४४ करोड, सरकार ३५.६५ करोड, मास्टर ३४.८ करोड कमाएर यसअघि नै रेकर्ड बनाइसकेको छ ।

एच विनोथद्वारा निर्देशित ‘जन नायकन’ पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुअघि विजयले अभिनय गरेको अन्तिम चलचित्र हो। यस चलचित्रका मुख्य कलाकारहरूमा पूजा हेगडे, बबी देओल, मामिता बाइजू, गौतम वासुदेव मेनन, प्रकाश राज र नारायण समावेश छन्। यसको संगीत अनिरुद्ध रविचन्दरले तयार पारेका हुन् भने छायांकन सत्यन सूर्यन् र सम्पादन प्रदीप ई राघवको रहेको छ।

 

images