
म्याड्रिड, ९ साउन । राजधानीको पश्चिममा तीनवटा आगो एउटै आगोमा मिले पछि म्याड्रिड नजिकै लागेको डढेलो अग्नि नियन्त्रकहरूको क्षमताभन्दा बाहिर रहेको स्पेनी अधिकारीहरूले चेतावनी दिएका छन्।
म्याड्रिड नजिकैका धेरै क्षेत्रहरूमा आगो नियन्त्रण बाहिर गएपछि स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ, जसले गर्दा कम्तिमा ३० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।


म्याड्रिडका क्षेत्रीय राष्ट्रपति इसाबेल डियाज आयुसोले यसलाई ‘इतिहासको सबैभन्दा खराब आगो’ भनेर वर्णन गरेकी छिन्, जहाँ यो क्षेत्र उच्च तापक्रम, निरन्तर हावा र आगोको मुस्लोको सामना गरिरहेका छन् ।

उता, गिरोन्डे र ल्यान्डेस क्षेत्रहरूमा डढेलो लागे पछि दक्षिण पश्चिम फ्रान्समा १ लाख १०भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
शुक्रबार पछि आगोले दिशा परिवर्तन गरेर बोर्डो गाउँतर्फ बढिरहे पछि यो अवस्था आएको हो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले डढेलोवाट हुन सक्ने सम्भावित खतरालाई रोक्नका लाग िसेना परिचालन गरेका छन ।
स्पेनमा स्थानीय आपतकालीन सेवाहरूले भने कि डढेलो राजधानीबाट लगभग ५० किलोमिटर टाढा रोब्लेडो डे चाभेला र फ्रेस्नेडिलास डे ला ओलिभिया नगरपालिकातिर सरिरहेको जनाएका छन ।

‘डढेलो चरम सीमामा छ र हाल अग्निनियन्त्रकहरूको नियन्त्रण क्षमताभन्दा बाहिर छ,’ म्याड्रिड क्षेत्रीय सरकारका आपतकालीन व्यवस्थापन प्रमुख कार्लोस नोभिलोले पत्रकारहरूलाई भने।
‘त्यो क्षेत्रमा आगोमाथि नियन्त्रणगर्न सम्भव छैन, त्यसैले रक्षात्मक उपायहरू अपनाइँदैछ, उनले भने।




