म निर्वाचित नभएको भए इजरायल भन्ने देश नै रहन्थ्योः ट्रम्प

वासिंगटन डिसी, ९ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु दोस्रो पटक निर्वाचित नभएको भए इजरायल भन्ने देश नै नहुने दावी गरेका छन । राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः निर्धारित गरेको ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ अघि पत्रकारहसँग कुराकानी गर्दै सो दावी प्रस्तुत गरेका हुन् ।

‘यदि म निर्वाचित नभएको भए, मेरो विचारमा इजरायलको अस्तित्व नै रहने थिएन। उनीहरूमाथि आणविक हतियारबाट आक्रमण भइसकेको हुने थियो,’ राष्ट्रपति ट्रम्पले शुक्रबार ओभल अफिसबाट भनेका छन ।

‘यदि इराने सँग आणविक हतियार भएको भए, उनीहरूले त्यसको प्रयोग गर्ने थिए, ट्रम्पले भने, ‘आज हामीले चिनेजस्तो मध्यपूर्व सायद रहने थिएन तर मेरो विचारमा इजरायल त पक्कै पनि रहने थिएन।’

यसअघि आयोजना गरिएको ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’मा गोलाबारी भए पछि यो दोस्रो पटक ट्रम्पले पत्रकारहरूसँग सामुहिक भेटको आयोजना गरेका हुन ।

त्यसैले होला राष्ट्रपति ट्रम्पले पुनः निर्धारित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ र आफ्नो राष्ट्रपतिकालका बारेमा ठट्टा गर्दै भने, ‘दोस्रो पटकको प्रयास नै सफल हुन्छ, मेरो राष्ट्रपतिकाल जस्तै दोस्रो पटक सधैं राम्रो हुन्छ अनि तेस्रो पटक त अझ राम्रो हुनेछ।’

त्यसो त ट्रम्पले बुलेटप्रुफ भेस्ट नलगाउने भन्दै पत्रकारसँग ठट्टा पनि गरेका छन, उनको कुरा अनुसार साे ज्याकेटले अझ मोटाे देखाउँछ । खासमा, यसअघि ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ को कार्यक्रममा एक बन्दुकधारीका कारण अवरोध सिर्जना भए पछि राष्ट्रपति ट्रम्पले आफूले किन बुलेटप्रुफ भेस्ट लगाउन नचाहेको भन्नेबारे ठट्टा गरेका हुन ।

‘आज राती सबैजना निकै राम्रा देखिनुभएको छ। मलाई थाहा छ, बुलेट प्रुफ भेस्टसँग सुहाउने जुत्ता खोज्न सजिलो थिएन, धेरै मानिसहरू त यो लगाउनै चाहँदैनथे किनभने उनीहरू २० पाउन्ड बढी तौल भएको देखिनुभन्दा बरु मर्नै रुचाउँछन,’ उनले यसअघि हमलाको स्मरण गर्दै यो ठट्टा गरेका हुन ।

ह्ववाइट हाउसमा ट्रम्प र पत्रकारको डिनर सुरू भएको छ । उनी त्यहाँ बोल्दैछन् ।

images