एलन मस्कले आफ्नो एआइ टुल ग्रोकवाट नै चलचित्र ‘ओडीसी’ बनाउने

लस एन्जलस, ९ साउन ।  एलन मस्कले आफ्नो एआई बट ‘ग्रोक’ को प्रयोग गरी ‘द ओडिसी’ नामक चलचित्र बनाउने योजना घोषणा गरेका छन्।

क्रिस्टोफर नोलनको ‘द ओडिसी’ चलचित्रमा ‘हेलेन अफ ट्रोय’को भूमिका लुपिता न्योङुओले निभाएकी थिइन्। यस कास्टिङ अर्थात कलाकार छनोटमा आपत्ति जनाउने एउटा पोस्ट, जसलाई मस्कले पनि समर्थन गरेका थिए, जो पहिले नै चर्चामा आएको थियो।

अब मस्कको तर्क छ कि नोलनको ‘द ओडिसी’ यथार्थपरक छैन, त्यसैले, उनी आफ्नो एआइ टुल ‘ग्रोक’ को मद्दतले वास्तविक ‘ओडिसी’ निर्माण गर्न चाहन्छन्।

उता, क्रिस्टोफर नोलनको ‘द ओडिसी’ले आइम्याक्स  स्क्रिनहरूबाट हुने कमाइमा कीर्तिमान कायम गरेको छ। प्रदर्शनको पहिलो सप्ताहन्तमा यस चलचित्रले विश्वभरका आइम्याक्स स्क्रिनहरूबाट ५ करोड २० लाख अमेरिकन डलर कमाइ गरेको छ । यो एक कीर्तिमानी आँकडा हो किनभने यसअघि कुनै पनि चलचित्रले केवल आइम्याक्स स्क्रिनहरूबाट यति धेरै कमाइ गरेको थिएन।

तर, ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ ले अग्रिम बुकिङको मामिलामा क्रिस्टोफर नोलनको ‘द ओडिसी’ लाई उछिनेको छ। चलचित्र प्रदर्शन हुन अझै एक हप्ताभन्दा बढी समय बाँकी रहँदा नै भारतमा पहिलो दिन नै राष्ट्रिय मल्टिप्लेक्स चेनहरूमा यसको प्रदर्शनको पहिलो दिनका लागि १ लाख ६० हजारभन्दा बढी टिकटहरू बुक भइसकेका थिए।

‘द ओडिसी’ ले आफ्नो प्रदर्शनको पहिलो दिनका लागि १ लाख ४० हजार टिकटको अग्रिम बिक्री रेकर्ड गरेको थियो। विभिन्न रिपोर्टहरूका अनुसार ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले पहिलो दिन भारतमा ४५ देखि ५० करोड रुपैयाँको कमाइ गर्न सक्ने अनुमान गरिएको छ।