काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगतार चौथो हार

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगतार चौथो हार बेहोरेको छ । पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो ।

नेपालले पहिलो र तेस्रो सेट जितेपनि बंगलादेशले खेलमा कमब्याक गर्दै अन्तिमका दुवै सेट जितेर खेल ३-२ ले जितेको हो । बंगलादेशले खेल १८-२५, २५-१९, २१-२५, २५-२३ र १५-११ ले जितेको हो ।

नेपालले प्रतियोगितामा यसअघि खेलेका तीन खेलमा लगातार हार बेहोरेको थियो ।  नेपालले पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो ।  नेपालको ४ खेलमा तालिकामा ३ अंक जोडेको छ । अब नेपालले अर्को खेल नेपालले सोमबार उज्बेकिस्तानसँग खेल्ने तालिका छन् ।

प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।