अफगानिस्तानमा पुनः गृहयुद्दकाे संकेत, एफएफएद्दारा तालिवानी सैन्य शिविरमा हमला

काबुल, १२ साउन । अफगानिस्तानमा पुनः गृहयुद्धको अवस्था सिर्जना हुने संकेतहरू देखिएका छन्।

तालिबानले देशको बदख्सान प्रान्तमा ठूलो चुनौतीको सामना गरिरहेको छ। गत आइतबार अफगानिस्तान फ्रिडम फ्रन्ट (एफएफएफ) ले एक भिडियो सार्वजनिक गर्दै आफ्ना लडाकुहरूले जेबाक जिल्लामा रहेका तालिबानका सैन्य चौकीहरू नियन्त्रणमा लिएको जनाएको छ।

यसअघि, तालिबानका सैन्य प्रमुखले उक्त क्षेत्रमा एफएफएफका कुनै पनि लडाकुको उपस्थिति नरहेको दाबी गरेका थिए।

यस भिडियोले तालिवान सेना प्रमुखको दाबीको असत्यता उजागर गरेको छ। यो सम्पूर्ण क्षेत्र वाखान कोरिडोरको नजिक अवस्थित छ, जसले चीनलाई अफगानिस्तानसँग जोड्छ। छिमेकी मुलुक पाकिस्तानको नजर यसै कोरिडोरमा छ।

विश्लेषकहरूका अनुसार यस द्वन्द्वका क्रममा एएफएफले पाकिस्तानी सेनाबाट गोप्य सहयोग प्राप्त गरिरहेको छ। एएफएफले जेबाकमा विगत चार दिनदेखि भिडन्त जारी रहेको जनाएको छ।

उनले बताए कि तालिबान लडाकुहरूले कब्जामा लिएका क्षेत्रहरूलाई पुनः आफ्नो नियन्त्रणमा लिन विद्रोहीहरू भने सफल भएका छैनन्। बदख्सान प्रान्तका तालिबान गभर्नर गजनवीले विद्रोहीहरूलाई तालिबानविरुद्धको लडाइँ रोक्न आह्वान गरेका छन्। उनले विद्रोहलाई दबाउन सक्ने क्षमता तालिबानसँग रहेको चेतावनी दिए।

तालिबानका एक गभर्नरले भनेका छन् कि अफगानिस्तानलाई पुनः कब्जा गर्ने सपना देख्नेहरूले त्यो सपना आफ्नो चिहानभित्र मात्र पूरा भएको देख्नेछन्। यसैबीच, एएफएफले काबुलबाट बदख्सानतर्फ गइरहेको तालिबानको सैन्य माथि आक्रमण गरेको जनाएको छ । उक्त क्षेत्रमा अझै पनि भिडन्त जारी छ।

एएफएफका अनुसार, २५ जुलाईका दिन तालिबानले काबुलबाट थप सेना र हातहतियार पठाइरहेको बेला उक्त सैन्य शिविरमा माथि एम्बस आक्रमण गरिएको थियो। एएफएफले दाबी गरे अनुसार यस आक्रमणमा ७ जना तालिबान सदस्य मारिएका छन् भने अन्य छजना घाइते भएका छन्।

 

images

एएफएफले आफ्नो जवाफी आक्रमण पछि तालिबान लडाकुहरू ‘मुक्त’ गरिएको क्षेत्रबाट पछि हट्न बाध्य भएको दाबी पनि गरेको छ। उनीहरूले तालिबान लडाकुहरूले जिल्ला सदरमुकामस्थित आफ्ना जाँच चौकीहरूको वरिपरि बारुदी सुरुङ बिछ्याएको बताएका छन्। विद्रोही समूहले जेबाकमा जारी भिडन्तमा २१ जना तालिबान लडाकु मारिएको र अन्य ३७ जना घाइते भएको दाबी पनि गरेको छ।

 

images

यता, तालिबान अधिकारीहरूले जेबाकमा भिडन्त भएको कुरा स्वीकार गरे पनि एएफएफको दाबीलाई भने अस्वीकार गरेका छन्।

 

images