थ्रीस्टार हाइड्रोपावरको सीईओमा सन्दीप अधिकारी नियुक्त

काठमाडौं, १२ साउन । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्दीप अधिकारीलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीले ऊर्जा क्षेत्रको अनुभव र व्यवस्थापकीय क्षमतालाई आधार बनाएर अधिकारीलाई नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ। नयाँ नेतृत्वसँगै कम्पनीले आयोजना विकास, संस्थागत सुशासन र व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

अधिकारीले कम्पनीको दैनिक प्रशासन, रणनीतिक योजना तथा समग्र सञ्चालनको नेतृत्व सम्हाल्नेछन्। कम्पनीले उनको नेतृत्वमा आगामी योजनाहरूलाई तीव्र रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।