स्पेनको अदालतको फैसालाले आप्रावासी उत्साहित, २४ घन्टामा ६० हजार स्पेन घुसे

सेउटा, १५ साउन । स्पेनको भूभाग सेउटामा २४ घण्टाभित्र करिब ६० हजार आप्रवासीहरूले प्रवेश गरेका छन ।

सेउटाका अध्यक्षका अनुसार पछिल्लो २४ घण्टामा करिब ६० हजार आप्रवासीहरू मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भूभाग सेउटामा प्रवेश गरेका हुन्। एक पत्रकार सम्मेलनमा बोल्दै जुआन जेसुस भिभासले बताए अनुसार यस क्रममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ।

स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसला पछि आप्रवासीहरूको यो ठूलो आगमन देखिएको हो । उक्त फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग ‘मेलिला’ पुग्ने प्रयास गर्दा समुद्रमै रोकिएका आप्रवासीहरूलाई तत्काल मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख गरे पछि आप्रावासीको भीड स्पेनिश भुमीमा देखिएको बिबिसीले जनाएको छ।

प्रधानमन्त्री पेड्रो सान्चेजले यस स्थितिलाई आक्रमणको संज्ञा दिएका छन् र सरकारले सबै गैरकानुनी आप्रवासीहरूलाई सकेसम्म चाँडो मोरक्को फिर्ता पठाउने काम गरिरहेको बताएका छन्।

युरोपका विभिन्न नेताहरूले यसप्रति चिन्ता व्यक्त गरेका छन् भने कतिपयले सीमा नियन्त्रण कडा पार्ने प्रतिबद्धता जनाएका छन्। बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम र फ्रान्सेली राष्ट्रपतिले स्पेनलाई सहयोग गर्ने प्रस्ताव राखेका छन्  ।

मोरक्कोको उत्तरी तटमा रहेको सेउटा, जिब्राल्टरको जलडमरूले स्पेनको मुख्य भूमिबाट अलग गरेको छ र लामो समयदेखि युरोप पुग्ने प्रयास गर्ने आप्रवासीहरूको बनिरहेको  छ।

हालै ‘बोर्डर क्रसिङ’ प्रयासमा वृद्धि भएपछि स्थानीय अधिकारीहरूले म्याड्रिडलाई मद्दतको लागि अपील गरेका थिए तर बिहीबार सीमा नियन्त्रणहरू भत्किएपछि अराजक दृश्यहरू देखिएको थियो ।