
काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पक्षसँग असन्तुष्ट शेरबहादुर देउवा समुहले यही साउन २९–३१ मा काठमाडौंमा अलग्गै भेला गर्ने भएका छन ।
पुर्व महामन्त्री महामन्त्री डा.शशांक कोइरालाको नेतृत्वमा संयोजकत्वमा आज राष्ट्रिय भेला आयोजक समितिको घोषणासमेत गरिएको छ। सभापति थापाले बिशेष महाधिवेसनमार्फत नेपाली कांग्रेसको नेतृत्व लिए पछि तत्कालिन संस्थापन समुह पुरै असन्तुष्ट भइरहेको बेला साउन २९ देखी ३१ गतेसम्म देउवा समुहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।

देउवा साउन २८ गते स्वदेश अर्थात काठमाडौं फर्किने भनिएको मितिको भोलीपल्ट यो भेला आयोजना गरिन लागिएको हो। सो भेलाको औचित्यका बारेमा संयोजक कोइरालाले अपिल पनि सार्बजनिक गरिसकेका छन् ।


‘पार्टी भित्रको वर्तमान अवस्था, मुलूकमा देखिएका राजनीतिक, आर्थिक, सामजिक तथा धार्मिक( सांस्कृतिक लगायतका नागरिकका जीवनसंग जोडिएका विविध गंभिर सवालहरुमा गहन छलफल गरि देखिएका हरेक चुनौतिहरुलाई सामना गर्न सक्ने, बैचारिक, नीतिगत एवं सांगठानिक दृष्टिले स्पष्ट कार्य दिशा सहित पार्टीलाई सवल र सक्षम बनाउँने उद्देश्यले मेरै संयोजकत्वमा पाँच सय एकाउन्न सदस्यीय आयोजक समिति गठन गरि यही श्रावण २९ देखि ३१ गते सम्म काठमाण्डौमा राष्ट्रिय भेलाको अयोेजना गरिएको छ,’ संयोजक डा. कोइरालाको अपिलमा भनिएको छ, ‘पार्टी भित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयाश, धैर्यता र पहल गर्दागर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरुवाट सार्थक भूमिका नखेलेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनीधि एवं समर्थक र शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्वोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौ।’
त्यसो त प्रचार प्रसार समितिका प्रमुख मिन बिश्वकर्माले भेलाका लागि १६ वटा समिति बनाइएको जानकारीसमेत दिएका छन तर सो १६ समितिमा कस कसको नेतृत्व रहने छ भन्ने बारेमा कुनै नाम भने उल्लेख गरिएको छैन ।

उनका अनुसार राष्ट्रिय भेलाका लाग आयोजक समितिमा ५ सय ५१ सदस्य रहनेछन भने १४ औं महाधिवेशवाट निर्वाचित तथा मनोनित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, पुर्व केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारीहरु, जिल्ला कार्यसमितिका सभापतिहरु, उपत्यका भित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरु, महानगर÷नगर कार्यसमितिका सभापतिहरु, संघीय सांसद तथा प्रदेश सांसदहरु, पुर्व संघीय तथा प्रदेश मन्त्री एवं सांसदहरु, भातृ संघका केन्द्रीय प्रदाधिकारी र केन्द्रिय प्रमुख र शुभेच्छुक संगठनका प्रमुखहरू सो भेलामा प्रतिनिधिका रूपमा रहनेछन ।


जसका लागि १६ समिति गठन गरिएको पुर्ब प्रचार बिभाग प्रमुख विश्वकर्माले जानकारी दिएका छन तर आयोजक समितिमा कोइराला बाहेक अरूको नेतृत्वको बारेमा जानकारी दिइएको छैन् । उनका अनुसार यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठक बोलाई उपरोक्त सबै समितिहरुका संयोजक एवं सदस्यहरुको कार्य विभाजन गरिने विश्वकर्माले जानकारी दिएका छन ।
१) राष्ट्रिय भेला आयोजक समितिः संयोजक, शशांक कोइराल
२) राजनीतिक प्रस्ताव तयारी समिति
३) समसामयीक राजनीतिक प्रस्ताव तयारी समिति
४) सांगठनिक प्रस्ताव तयारी समिति
५) विधान संशोधन मस्यौदा समिति
६) नेपाली कांग्रेसको आर्थिक नीति तयारी समिति
७) प्रचार प्रसार समितिः संयाेजक, मिन विश्वकर्मा
८) आर्थिक समिति
९) आवाश तथा भोजन व्यवस्थापन समिति
१०) मञ्च व्यवस्थापन समिति
११) स्वंयम सेवक परिचालन समिति
१२) साँस्कृतिक समिति
१३) सहभागि व्यवस्थापन समिति
१४) स्वास्थ्य समिति
१५) शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति
१६) सचिवालय व्यवस्थापन समिति
यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठक बोलाई उपरोक्त सबै समितिहरुका संयोजक एवं सदस्यहरुको कार्य विभाजन गरिने विश्वकर्माले जानकारी दिएका छन ।
यस्तो छ संयाेजक डा. काेइरालाकाे अपिलः

आदरणीय पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्यहरु, संचारकर्मी मित्रहरु, उपस्थित दिदी बहिनी तथा दाजुभाईहरु, हार्दिक जयनेपाल !
विगत करिव एक वर्ष देखि नेपाली राजनीति अशान्त, अनिश्चितता र असहजताको भूमरीमा रुमलिरहेको छ । हिंसा, आगजनी र तोडफोडवाट जसरी आकस्मिकरुपमा राष्ट्रिय राजनीतिमा फेरबदल आयो त्यसैको दवाव र प्रभावले हाम्रो पार्टीलाई पनि गंभिर असर पु¥याएको छ । आज म नेपाली कांग्रेस स्थापना हुँदाको परिस्थिती, तत्कालिन निरङ्कुस जहाँनीया हुकुमी शासन, मुलूकको आर्थिक सामाजिक अवस्था र त्यो पिडादायी परिवेसमा वाँचेका प्रजाको अवस्था, निरङ्कुस जहाँनीया हुकुमी शासन विरुद्ध प्रजातन्त्र अर्थात आज हामीले भन्ने गरेको लोकतन्त्रका लागि हाम्रा अग्रजले खेलेको बलिदानीपूर्ण साहशिक योगदानको उच्च सम्मान गर्दै उहाँहरुलाई स्मरण गर्दछु ।
हाम्रो पार्टीको विधान वमोजिम केन्द्रीय कार्यसमितिको कार्यकाल सामान्य अवस्थामा ४ वर्षको हुने र बिेशष असहज परिस्थिती आएमा एक वर्ष थप गर्न सकिने र ४० प्रतिशत महाधिवेशन प्रतिनीधिले हस्ताक्षर गरि लिखितरुपमा माग गरेमा वा केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा चार वर्ष अगावै पनि केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाउँन सक्ने प्राब्धान हुँदाहुँदै पार्टीका सवै तहको पदावधी चार वर्ष पुगिसकेको, २०८२ भाद्र २४ गतेको त्रासदीपूर्ण हिंसात्मक घटनामा पार्टी सभापति आदरणीय श्री शेरवहादुर देउवा र उहाँकी धर्मपत्नी तथा केन्द्रीय सदस्य डा।आरजु राणा देउवा माथि सांघातिक आक्रमण गरि मरणासन्न पारेको, उहाँहरु उपचाररत रहेको र अग्रज नेताहरुका निवासहरु तथा पार्टीको केन्द्रीय कार्यालय देखि प्रदेश, जिल्ला र स्थानीय तहका कार्यालयहरु जलाएर खरानी भई कुनै केही अभिलेख समेत पनि नरहेको त्रासदीपूर्ण विपदको अवस्था र तत्कालिन समयमा आम निर्वाचन घोषणा भई हामीले भाग लिने निर्णय समेत गरेको अवस्थामा अधिवेशन वा महाधिवेशनको अवधी स्वतः थप गर्नु पर्नेमा अप्रत्यासित रुपमा केही साथीहरु विशेष महाधिवेशनको अभियानमा लाग्नु भयो । परिणामतः पार्टी भित्र गंभिर मतभेद शुरु भयो । विवाद आयोग र अदालत सम्म मात्रै पुगेन कि पहिलो स्थानमा रहेको हाम्रो पार्टी नेपाली कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परयो ।
एकातर्फ अकल्पनीय ढंगले परिवर्तित वर्तमान राजनीतिक अवस्थामा राष्ट्रियता, लोकतन्त्र, नागरिक स्वतन्त्रता र मानव अधिकार दिनानुदिन संकुचित हुँदै गएको छ । नेपाली जनताले आठ दशक देखि पटक पटक आन्दोलन गरेर प्राप्त गरेको लोकतान्त्रिक संविधान माथि प्रहार भईरहेको छ भने अर्कातर्फ समाजमा धार्मिक तथा साम्प्र्रदायिक द्वन्द्वका घटनाहरु दिनानुदिन बढीरहेका छन् । करिव एक हप्ता पहिले सुनसरीको देवानगंजमा एक यूवाको हत्या भएपछि भड्किएको हिंसात्मक द्वन्द्व मधेसका अधिकांस क्षेत्रमा फैलिएको छ । साम्प्रदायिक झडपमा सुनसरी र सिराहामा थप यूवाहरुको ज्यान गईसकेको छ । यस घटनामा परि ज्यान गुमाउँने व्यक्तिहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । घाईतेहरुको शिघ्र स्वास्थलाभको कामना सहित उनीहरुको उचित स्वास्थोपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसंग माग गर्दछु । साथै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता नै हाम्रो परम्परा र राष्ट्रिय एकताको आधार भएकोले आ-आफ्नो ठाउँवाट हिंसा र उत्तेजना भड्किन नदिन तथा समाजमा शान्ति, सद्भाव र सामुदायिक सहिष्णुता कायम राख्न अहम भूमिका खेल्नका लागि सबैमा अनुरोध गर्दछु ।

मुलूकको यस्तो विषम परिस्थितीमा राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न हरेक पार्टी भित्रको वलियो एकता सहित राष्ट्रिय राजनीतिक शक्तिहरु बिच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता देखिएको छ ।
पार्टी भित्रको वर्तमान अवस्था, मुलूकमा देखिएका राजनीतिक, आर्थिक, सामजिक तथा धार्मिक- सांस्कृतिक लगायतका नागरिकका जीवनसंग जोडिएका विविध गंभिर सवालहरुमा गहन छलफल गरि देखिएका हरेक चुनौतिहरुलाई सामना गर्न सक्ने, बैचारिक, नीतिगत एवं सांगठानिक दृष्टिले स्पष्ट कार्य दिशा सहित पार्टीलाई सवल र सक्षम बनाउँने उद्देश्यले मेरै संयोजकत्वमा पाँच सय एकाउन्न सदस्यीय आयोजक समिति गठन गरि यही श्रावण २९ देखि ३१ गते सम्म काठमाण्डौमा राष्ट्रिय भेलाको अयोेजना गरिएको छ ।
पार्टी भित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयाश, धैर्यता र पहल गर्दागर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरुवाट सार्थक भूमिका नखेलेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनीधि एवं समर्थक र शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्वोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौ ।
नेपाली कांग्रेसको चौधौ महाधिवेशनवाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरु, पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरु, नेपाली कांग्रेसवाट वनेका पूर्व मन्त्री एवं सांसदहरु, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारीहरु, जिल्ला कार्यसमितिका सभापति र पदाधिकारीहरु, महानगर कार्यसमितिका सभापतिहरु, संसदिय निर्वाचन क्षेत्रीय सभापतिहरु, प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापतिहरु, महासमिति तथा महाधिवेशन प्रतिनीधिहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनीधिहरु, विदेशस्थित नेपाली जनसम्पर्क समितिका प्रमुख एवं प्रतिनीधिहरु, नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा योगदान पु¥याएका अग्रज नेताहरु, लोकतान्त्रिक आन्दोलनमा कलम चलाउँने वरिष्ठ लेखकहरु, पेशागत बुद्धिजवी तथा संचारकर्मी साथीहरु सहभागी हुने यो ऐतिहासिक राष्ट्रिय भेलामा यहाँहरु सवैलाई हार्दिक आमन्त्रण समेत गर्दछु । जयनेपाल !!
मितिः २०८३ श्रावण १६ गते
डा. शशांक कोइराला
संयोजक, राष्ट्रिय भेला आयोजक समिति




