
मोरङ, १७ साउन । एक टन भन्दा बढी किलोग्राम गाँजा सहित एक जना पक्राउ परेका छन।
रतुवामाई नगरपालिका–१० सोमबारेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ३३ किलो ४ सय ८४ गाँजा सहित धनकुटा पाख्रीबास नगरपालिका–९ हिले बस्ने २८ वर्षीय उमेश तामाङ पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय सिजुवासमेतबाट खटिएको प्रहरीले उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकको ३१ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक उमेशलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




