गोरखामा पहिरोले एक घर बगायो

गोरखा । पहिरोले गोरखामा एक घर बगाएको छ । गोरखा नगरपालिका -९ लक्ष्मीबजारस्थित मानसिंह गुरुङको घर पहिरोले लगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि पहिरोमा बगेको हो । घरमा परी सोही घरमा डेरा गरी बस्ने कटरिया नगरपालिका ७ रौतहटका  टोखान महतो घाइते भएका छन् ।

घाइतेको हाल गोरखा अस्पतालमा उपचार भइरहेको र उनलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।