बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल

नेपाली खेलकुदमा मार्सल आटर््स विधाको इतिहास गौरवशाली रहँदै आएको छ । एशियन गेम्स, ओलम्पिक र दक्षिण एशियाली खेलकुदका प्रतिष्पर्धामा मार्सल आटर््स खेल सबैभन्दा राम्रो नतिजा दिनेमा पर्छन् । यी मार्सल आटर््स खेलमा पछिल्ला समय मुवाँथाई खेलमा पनि लोकप्रिय हुँदै आएको छ । जुन खेलको शुरुवात थाइल्याण्डबाट भएको हो ।

विश्वप्रसिद्ध एक्शन हिरो टोनी जाले पनि खेल्ने गरेको यो पछिल्लो समय युवाहरूको आकर्षण बन्दैछ । नेपालमा यो खेल विकास हुने चरणमा छ । तर ऐतिहासिक र ठूला पदक भने नेपालको मुवाँथाईले भित्राइसकेको छ । प्रो÷एमेच्योर विधामा गुणराज रुचालले सन् २०२४ को विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका जितेका थिए ।

यो नै सबभन्दा ठूलो सफलता हो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराजस्तै पछिल्ला समय व्यवसायिक रूपमा मात्र नभई आफ्नो शरीर स्वस्थ राख्न पनि युवाहरू यस खेलप्रति आकार्षिक हुँदै आएका छन् । सन् २०१० मा गणेशलाल कक्षपतीले थाइल्याण्डमा भएको सातौं मुवाँथाई विश्व च्याम्पियनसिप खेलेका थिए ।

त्यो खेलपछि नै कक्षापतीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता प्रक्रिया शुरु गरेपछि यस खेलको वैधानिक रूपमा सुरुआत भएको हो । हाल उनै कक्षापती नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष छन् । पूर्वराष्ट्रिय खेलाडी, प्रशिक्षक र संघका अध्यक्षसमेत रहेका कक्षापतीले २०५४÷५५ सालदेखि नै यो खेल नेपाल खेलिँदै आएको बताए । त्यतिबेला सेल्फ डिफेन्सका रूपमा यो खेल सुरु भए पनि २०१० पछि वैधानिक रूपमा खेल संघ स्थापना गरी शुरुवात गरिएको बताए । फेन्सी ट्याइपको कम्ब्याट स्पोटर््स भएकाले नै पछिल्ला समय युवाहरूमाझ लोकप्रिय बन्दै आएको उनको बुझाइ छ ।

मार्सल आटर््सका अन्य विधा खेल्न पनि मुवाँथाई खेलले मद्दत पुग्ने उनी बताउँछन् । बक्सिङ, उसु, किक बक्सिङ, क्योकुशिन, जुडो र करातेजस्ता खेलका खेलाडीलाई पनि शुरुमा यो खेलबाट जाँदा मद्दत पुग्ने भएकाले मुवाँथाईमा अन्य खेलका खेलाडी पनि आउने गरेको अध्यक्ष कक्षपतिले जानकारी दिए । अहिले देशभर ५० वटा क्लब र दुई हजार जति खेलाडी नियमित प्रशिक्षण गर्ने गरेको उनी बताउँछन् । विभागीय टोली आर्मी र एपिएफमा पनि यो खेलप्रति आकर्षण बढ्दै गएको छ ।

नेपाली मुवाँथाईले एसियन इन्डोर मार्सल आर्ट्स गेम्समा पनि खेलिसकेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय ओलम्पिकमा पनि दर्ता भएको अध्यक्ष कक्षापतिीले उल्लेख गरे । अन्तर्राष्ट्रिय पदकसँगै देशमा लोकप्रियता बढ्दै गए पनि राज्यले मुवाँथाइ खेलप्रति बेवास्ता गर्दै आएको उनले गुनासो गरे । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुरूप नै ६३ वटा खेलसरह मुवाँथाई खेल संघ दर्ता छ । तर राज्यले अन्य खेलसरह व्यवहार नगरेको उनी बताउँछन् । ६३ वटै खेल समान व्यवहार राज्यले नगरेको उनले दाबी गरे । के को आधारमा राज्यले ३०÷३१ वटा खेलको मात्र राष्ट्रिय खेल गराउनुले विभेदकारी नीति राज्यबाट हुँदै आएको छ । खेलकुद परिषद् बिना मापदण्ड राष्ट्रिय खेलकुदमा समावेश गर्नु गलत रहेको उनी बताउँछन् ।

प्राइभेट क्लवहरूमा यो खेल सिक्ने खेलाडीले धेरै पैसा तिर्न बाध्य छन् । तर, त्रिपुरेश्वरस्थित मुवाँथाइ संघको केन्द्रिय प्रशिक्षण केन्द्रमा भने फरक वातावरण छ । ८ वर्षदेखि ४० वर्ष उमेरसम्मका खेलाडीहरू प्रशिक्षण गर्छन् । जहाँ सामान्य वर्गका र पैसा तिरेर खेल्न नसक्ने खेलाडीलाई पनि संघले प्रशिक्षण गराउँदै आएको छ । राष्ट्रका लागि खेल्न नसके पनि स्वास्थ्यका लागि खेल्न खेलाडीलाई प्रोत्साहित गर्दै छन् । पछिल्ला समय स्पोटर््स साइन्स बढेकाहरू पनि खेलकुद आउँदा खेल विकासमा मद्दत पुग्ने गरेको उनको भनाइ छ । धेरैजसो फिटनेसका लागि पनि मुवाँथाई खेल्ने गरेका छन् । तर दुई दशकको अन्तर्राष्ट्रिय यात्रामा यो खेलले विश्व च्याम्पियनसिपमा चार वटा पदक ल्याएको छ । यसपल्ट २० वटा देशको वरियतामा नेपाल चौथो स्थानमा रहेको अध्यक्ष कक्षपति बताउँछन् ।

नवौं राष्ट्रिय खेलकुदसँगै केही संस्करणमा मुवाँथाई प्रदर्शनी खेलका रूपमा समावेश हुँदै आएको छ । पछिल्लो ओलम्पिकमा पनि यो प्रदर्शन खेलका रूपमा भइसकेको छ । युथ एशियन गेम्स र इन्डोर गेम्समा सहभागी भइसकेको खेल हो, मुवाँथाई । तर, देशको राष्ट्रिय खेलकुदमा भने राज्यले समावेश गरेको छैन । संघका अध्यक्ष लोकप्रिय बन्दै गएको खेललाई दशौं राष्ट्रिय खेलकुदमा समावेश गरिदिन आग्रह गरेका छन् । खेलाडीले खेलेर मात्र नहुने र कला प्रदर्शन गर्ने माध्यम पाउनुपर्ने उनी बताउँछन् । राज्यले आफ्नो खेललाई लगानी पनि नगरेको र मुवाँथाईका खेलाडी आफ्नै लगानी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी पनि हुँदै आएको छ । राष्ट्रिय खेलकुद खेल्नकै लागि विद्यालय तहदेखि नै यो खेल विकासमा काम गरेको संघले उल्लेख गरेको छ । तर राज्यले पनि त्यसअनुरूप लगानी गर्नुपर्छ ।

images

मुवाँथाइजस्तै क्योकुशिन, आइटिएफ तेक्वान्दो र विभिन्न विधामा मार्सल आर्ट्स खेललाई राज्यले समान रूपमा लगानी गर्दैन । यी खेलका खेलाडीहरू व्यक्तिगत लगानीमा नै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने गर्छन् । राष्ट्रिय प्रतियोगिता आयोजनामा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहयोग नगर्ने गरेको नन अफिसियल खेलहरूको गुनासो छ । जुन खेल ओलम्पिक घेराभित्र छैनन् ती खेलमा राज्यको लगानी शुन्यजस्तै छ । तर आफूहरूले अन्तर्राष्ट्रिय एरिनामा नेपालकै झन्डा फरफराउने गरेको र देशलाई स्वस्थ नागरिक निर्माणमा सहयोग गर्दै आएको ननअफिसियल खेल विधा संघले उल्लेख गर्दै आएका छन् ।