गुल्मीकी आन्वी बिष्ट ‘द भ्वाइस अफ किड्स’को सेमिफाइनलमा, भोटमार्फत जितको यात्रा तय हुने

इस्मा गाउँपालिका–४, दोहलीकी प्रतिभाशाली बालगायिकाले मधुर स्वरले लाखौँ दर्शकको मन जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन्

काठमाडौँ ।, साउन १९ । गुल्मीको इस्मा गाउँपालिका–४, दोहली निवासी प्रतिभाशाली बालगायिका आन्वी बिष्ट लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ को सेमिफाइनलमा प्रवेश गर्न सफल भएकी छन्।

टिम अर्जुन बाट प्रतिस्पर्धा गरिरहेकी आन्वीले आफ्नो मधुर गायनमार्फत निर्णायकको प्रशंसा मात्र होइन, लाखौँ नेपाली दर्शकको मन समेत जित्दै प्रतियोगिताको अन्तिम चरणतर्फको यात्रा तय गरेकी हुन्।

सानैदेखि सङ्गीतप्रति विशेष रुचि राख्ने आन्वीका लागि गायन केवल रुचि नभई जीवनको सपना र लक्ष्य बनेको छ। राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति दिँदै उनले गुल्मी, इस्मा गाउँपालिका तथा समग्र जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गरिरहेकी छन्।

सेमिफाइनलमा प्रवेश गरेपछि आन्वीले अबको यात्रा दर्शकको माया, साथ र भोटमा निर्भर रहने बताएकी छन्। उनले आफूलाई विजयी बनाउन सबैलाई खल्ती एपमार्फत भोट गर्न आग्रह गरेकी छन्।

आन्वीको सफलताले गुल्मेलीवासीमा खुसी छाएको छ भने उनको उत्कृष्ट यात्राले जिल्लाको नाम राष्ट्रिय स्तरमा थप उचो बनाएको छ।