इरानको बिदेश मन्त्री अराघाची हटाइदैँ, राजिनामा नदिए महाअभियोग लगाउने

तेहरान, १९ साउन । इरानका विदेशमन्त्री अब्बास अराघचीलाई पदबाट हटाउने तयारी सुरू भएको छ ।

इरान इन्टरनेसनलको एक समाचार अनुसार अराघचीलाई बिदेशमन्त्रीवाट हटाउने, नहटेमा महाअभियोग लगाउने देखी राष्ट्रपति मसुद पेजेस्कियनको पनि अधिकार पनि कटौती गरिएको छ ।

वरिष्ठ सांसद होसेइनअली हाजीदेलीगानीले इरान इन्टरनेशनलसँग मंगलबार भने, ‘हामी अराघचीविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउन आवश्यक प्रमाण र कागजातहरू सङ्कलन गर्दैछौं, उपयुक्त समय आउनासाथ हामी यो प्रक्रिया सुरु गर्नेछौं।’

उता, इरानमा राष्ट्रपति मसुद पेजेस्कियनको अधिकारमा उल्लेखनीय कटौती भएको खबर बाहिर आएको छ। इजरायलको ‘च्यानल १४’ को एक समाचार अनुसार सर्वोच्च नेता मोजताबा खामेनीले सुरक्षा र विदेश नीतिसम्बन्धी महत्त्वपूर्ण विषयहरूमा राष्ट्रपतिको भूमिकालाई सीमित पारेका हुन ।

उक्त समाचार अनुसार सर्वोच्च नेताको नियन्त्रणमा रहने ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ अब अझ शक्तिशाली बनेको दाबी गरेको छ। राष्ट्रिय सुरक्षा, आणविक कार्यक्रम र संयुक्त राज्य अमेरिकासँगको वार्ताजस्ता प्रमुख विषयहरूमा कोर्प्सका कमान्डर अहमद वाहिदीले गर्ने निर्णयहरूलाई अब अन्तिम मानिने भएको छ।

अमेरिका र इरान बिच बार्ता भडकिरहेको बेला इरान बिदेश मन्त्रीको राजिनामा आउन लागिएको हो ।