
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा ‘टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ ।
अस्ट्रेलियाको नर्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त २० देखि ३० सम्म अस्ट्रेलियाको डर्विनमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

यस प्रतियोगितामा नेपालले खेल्ने खेल तालिका सार्बजनिक भएको छ नेपालले अगस्त २१ मा नर्थर्न टेरोटोरी स्ट्राइकसँग खेल्ने छ भने अगस्त २२ मा बंगलादेशसँग, अगस्त २४ मा हुरिक्यान्ससँग, २६ अगस्तमा एसिटी कोमेटससँग, अगस्त २७ मा किंग्सम्यानसँग र अगस्त २९ मा भिक्टोरियासँग खेल्ने तालिका छ ।




