
ललितपुर जिल्लामा बिहीवार बिहान एउटा यात्रुवाहक बस फ्लाइओभरको भित्तामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रकाअनुसार घाइते सबैलाई उपचारका लागि विभिन्न अस्पताल लगिएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा संलग्न भएको थियो ।


प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।





