यस्ताे छ ‘अग्रगामी माेर्चा’ काे घाेषणा पत्र

काठमाडौं, २३ साउन । तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी माेर्चाकाे घाेषणा गरेका छन ।

आज काठमाडौंमा ‘अग्रगामी मोर्चा’ नामक गठबन्धनको औपचारिक घोषणा कार्यक्रममा जनार्दन शर्माकाे प्रगतिशिल लोकतान्त्रिक पार्टी पनि जोडिएको छ ।

मोर्चामा जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाललगायतका दलका शिर्षा नेताहरू सहभागी रहेका छन्।

मोर्चामा तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा र रास्वपा छाडेका सन्तोष परियार आबद्ध प्रलोपा पनि जोडिएको छ।