
काठमाडौं, २४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ, देशको बाँकी भू-भागमा आंशिक बादल देखि मौसम मूख्यतया सफा रहेको छ । बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।


दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही र मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति भने देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। कोशी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेशका साथै कर्णाली प्रदेशको पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग साथै बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भाग, मधेश प्रदेश साथै सूदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।





