गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन

काठमाडौं । नेपाली मौलिक तीज संस्कृति, चेलीबेटीको माइतीप्रतिको आत्मीयता र पर्वको उल्लासलाई समेटिएको नयाँ तीजगीत ‘कम्मरु भाँचम्ला’ सार्वजनिक भएको छ। लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको प्रस्तुतिमा तयार भएको गीतको लोकप्रिय सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ मा भव्य समारोहबीच विमोचन गरिएको हो।

श्रावण २५ गते सम्पन्न विमोचन कार्यक्रममा गायक मोतिराज खनालको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसी प्रमुख अतिथिका रूपमा उपस्थित भई गीतको औपचारिक विमोचन गर्नुभएको थियो। कार्यक्रमको उद्घोषण समाजसेवी तथा अभियन्ता विशाल मिश्रले गर्नुभएको थियो।

May be an image of ‎one or more people, people smiling and ‎text that says "‎#YOU BE MOTIRAJ MOTIRAJKHANAL KHANAL MOTIRAJ KHANAL PRESENTS BHUBAN K. POKHAREL CAST JUNA KARKI A7 BHUGAWAN BHANDARI RENUKA BARAL aoa कम्मर भाँचोला DIRECTED BY SHIVAJI KSHETRI SINGER OTIRAJ KHANAL BAIKUNTHA /REKHA POKHAREL LYRCS MOTIRAJ KHANAL/ /KIRAN PANTHI MUSIC IOTIRA KHANAL PRAKASH MIK/MASTER KRISINA BAJURALI STUDIO MUSICER SHANKARS RAUTE EAMED SHIVAJ KSHETRI EDITHOUSE SANGRILA CREATION OSTPRODUCTION SHIVAJI g Aaaлa YouTubeMusic MUSIC Spotify הסקנ!ג RELEASING SHORTLY TиЛoK V a resso‎"‎‎

विमोचन समारोहमा वरिष्ठ कलाकार पार्वती अधिकारी, ‘इन्द्रेणी’का अध्यक्ष तथा सञ्चालक कृष्ण कँडेल, ऋषिराम भुसाललगायत कलाकार, सञ्चारकर्मी, शुभेच्छुक तथा आफन्तजनको उपस्थिति रहेको थियो। कार्यक्रममा गीतको सिर्जना, तीज संस्कृतिको मौलिकता तथा नेपाली लोकसंगीतको संरक्षणका विषयमा समेत चर्चा गरिएको थियो।

मोतिराज खनाल, बैकुण्ठ महत र रेखा पोख्रेलको स्वर रहेको ‘कम्मरु भाँचम्ला’का शब्द मोतिराज खनाल र किरण पन्थीले लेखेका हुन् भने संगीत मोतिराज खनालकै रहेको छ। गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन्। कृष्ण बाजुरालीले रेकर्डिङ तथा मिक्सिङको जिम्मेवारी सम्हालेका छन् भने गीतको रेकर्डिङ द म्युजिक एरा स्टुडियोमा गरिएको हो।

May be an image of temple and text

गीतको भिडियोमा भुवन के. पोखरेल, जुना कार्की, भगवान् भण्डारी र रेणुका बरालको अभिनय तथा नृत्य रहेको छ। शिवाजी क्षेत्रीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा विभिन्न जिल्लाका चेलीहरूको सामूहिक सहभागिताले तीजको मौलिक रंगलाई थप जीवन्त बनाएको छ। भिडियो छायांकन सुनिल राउत तथा टिमले गरेका हुन् भने विनोद बमले भिजुअल एडिट तथा कलरको जिम्मेवारी सम्हालेका छन्। मेकअपमा शंकर सुमनको योगदान रहेको छ।

No photo description available.

‘कम्मरु भाँचम्ला’को भिडियोमा तीजको अवसरमा श्रीमती माइत जाने तयारी गरेपछि श्रीमान्ले ‘यसपालि माइत नजाऊ, सँगै नाचौँला’ भन्दै फकाउने रमाइलो प्रसंगबाट कथा अघि बढाइएको छ। तर माइतीबाट बाबाको फोन आएपछि कथाले भावनात्मक मोड लिन्छ। यसमार्फत तीजमा छोरी–चेलीलाई माइती बोलाउने परम्परा, बाबुआमाको माया, माइतीप्रतिको आत्मीयता तथा श्रीमान्–श्रीमतीबीचको रमाइलो सम्बन्धलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको छ।

May be an image of ‎one or more people, people smiling and ‎text that says "‎#YOU BE MOTIRAJ MOTIRAJKHANAL KHANAL MOTIRAJ KHANAL PRESENTS BHUBAN K. POKHAREL CAST JUNA KARKI A7 BHUGAWAN BHANDARI RENUKA BARAL aoa कम्मर भाँचोला DIRECTED BY SHIVAJI KSHETRI SINGER OTIRAJ KHANAL BAIKUNTHA /REKHA POKHAREL LYRCS MOTIRAJ KHANAL/ /KIRAN PANTHI MUSIC IOTIRA KHANAL PRAKASH MIK/MASTER KRISINA BAJURALI STUDIO MUSICER SHANKARS RAUTE EAMED SHIVAJ KSHETRI EDITHOUSE SANGRILA CREATION OSTPRODUCTION SHIVAJI g Aaaлa YouTubeMusic MUSIC Spotify הסקנ!ג RELEASING SHORTLY TиЛoK V a resso‎"‎‎

images

पछिल्लो समय तीजगीतमा मौलिकता र सांस्कृतिक पक्षलाई प्राथमिकता दिनुपर्ने बहस चलिरहेका बेला ‘कम्मरु भाँचम्ला’ले परम्परागत तीजको भावनासँगै आधुनिक प्रस्तुति र मनोरञ्जनलाई जोड्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
तीजको मौलिक स्वाद, छमछमी नाच्न मिल्ने लय र पारिवारिक कथावस्तुलाई एकैसाथ प्रस्तुत गरिएको गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। गीतको म्युजिक भिडियो मोतिराज खनालको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो।

images