जाजरकोटमा पहिरोले घर पुरिँदा आमाछोरा बेपत्ता, दुई जना घाइते

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ खारुलामा शनिबार साँझ पहिरोले घर पुरिँदा आमाछोरा बेपत्ता भएका छन्।

पहिरोमा परी ८३ वर्षीया रति खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री बेपत्ता भएका हुन्। उनीहरूको खोजीका लागि सुरक्षा निकायको टोली परिचालन गरिएको छ।

यस्तै, भेरी नगरपालिका–१ कै रिसांगामा पहिरो जाँदा ६० वर्षीय रामबहादुर शाही र ४५ वर्षीय सिद्धिबहादुर कामी घाइते भएका छन्। गम्भीर घाइते रामबहादुरलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

पहिरोले खारुलामा एक, गैरी गाउँमा चार र चिसापानीमा तीन घर पुरिएको जनाइएको छ। घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिए पनि पहिरोका कारण तत्काल घटनास्थल पुग्न कठिनाइ भएको छ।

#जाजरकोट #पहिरो #भेरीनगरपालिका #बेपत्ता #ArghakhanchiCom #arghakhanchicom