भूमिकास्थानमा कृषि आधुनिकीकरण कार्यक्रमको नीति तथा कार्यक्रम सार्वजनिक

कृषि तथा पशुपन्छी विकासका कार्यक्रम, बजेट र कृषकले पाउने सुविधाबारे जानकारी

-अनिल नेपाली , अर्घाखाँची ।

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ अर्घाखाँचीले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गर्ने कृषि तथा पशुपन्छी विकाससम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

May be a doodle of poster and magazine

कार्यक्रम कार्यान्वयन एकाइ अर्घाखाँचीको आयोजनामा भएको कार्यक्रम भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख प्रवेश सिंह कुँवर तथा कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेको उपस्थिति रहेको थियो।

May be an image of one or more people and people studying

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा कृषक प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

No photo description available.

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ अर्घाखाँचीका प्रमुख विष्णुबहादुर मग्रातीले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका कार्यक्रमहरूको प्रगति तथा आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गरिने विभिन्न कार्यक्रमबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए।

May be an image of one or more people, people studying, table and text

उनले आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमको उद्देश्य, लक्षित वर्ग, कार्यान्वयन प्रक्रिया, उपलब्ध बजेट तथा कृषकहरूले प्राप्त गर्न सक्ने सेवा र सुविधाका विषयमा जानकारी गराएका थिए।

images

कार्यक्रममार्फत कृषि तथा पशुपन्छी क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, कृषकलाई आवश्यक प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउने र आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा जोड दिइएको जनाइएको छ।

May be an image of one or more people and people studying

images

कृषि क्षेत्रसँग सम्बन्धित कार्यक्रम तथा उपलब्ध सेवाबारे स्थानीय कृषकलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले कार्यक्रम सार्वजनिकीकरण गरिएको आयोजकले जनाएको छ।

 

images