
काठमाडौँ । पार्टीमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ केन्द्रीय महाधिवेशनको तयारी शुरु गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गराउन तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ ।


कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा हुने निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रम आज आयोजना गर्न लागिएको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिएका छन् ।

प्रशिक्षण कार्यक्रम दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा हुने उनले बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समेत उपस्थिति रहनेछ ।




