चितवनको नारायणगढमा राजश्व बिभागका प्रतिनिधि र व्यवसायीहरुबीच झडप, स्थिति नियन्त्रणमा लिन दुई राउण्ड अश्रृ ग्यास प्रहार

            चितवनको नारायणगढमा राजश्व बिभाग पुल्चोकका प्रतिनिधि र व्यवसायीहरुबीच झडप भएका छ
। नारायणगढस्थित लक्ष्मी नारायण बस्त्रालयमा राजश्व बिभागले आकस्मिक रुपमा छापा
मारेपछि व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् । कुनै पनि जानकारी नदिई छापा मार्न
आएको भन्दै ब्यवसायीहरुले पसल बन्द गरी अनुगमनको लागि गएको राजश्व टोलीको वा १ झ
९१३५ नंम्बरको गाडी समेत जलाई दिएका छन् । त्यस्तै आगो निभाउन गएको वारुण
यन्त्रसमेत तोडफोड गरेका छन्।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले ३ राउण्ड
अश्रुंग्यास समेत प्रहार गरेको छ । प्रहरी नायब उपरिक्षकको सुरक्षामा विभागका
निर्देशक भोजराज सुबेदीसहितको टोलीले आज बिहान सात बजे पसलमा छापा मारेको थियो ।

 

विवाद मिलाउन उद्योग वाणिज्य संघ चितवनका प्रतिनिधि र विभागका निर्दशक भोजराज
सुबेदी सहितको टोलीबीच भएको बार्तामा पनि कुनै सहमति हुन सकेको छैन । RSS