जिल्ला न्यायाधिस भोलानाथ चौलागाइको इजलासले अपरहणका योजनकर्ता भिमसेन पण्डित र रोहित पालिवाललाई जनही १३ बर्ष कैद तोकेको छ । साथै उनीहरुले संगठित अपराध गरेकोमा थप २/२ बर्ष कैद पाएको अदालतका श्रेष्तेदार दिन बन्धु आर्यालले बताए ।
अदालतले प्रतिवादी दामासाही रुपमा १ करोड ८ लाख ५० हजार बिगो अशुल गर्न भनेको छ । बांकी अभियुक्त बद्री ढंगाना, नविन क्षेत्री, सुनिल श्रेष्ठ र लुप्पा भनिने सुव्बा तामाङलाई जनही ११ बर्ष र्कैद तोकेको छ । संगठित अपराध गरेको ठहर गर्दै उनीहरुलाई थप २/२ बर्ष कैद थप गरिएको छ । अदालतले उनिहरुलाइ जनही १ लाख जरिवाना गरेको छ ।
फरार रहेका राजेन्द्र पण्डित र गौतम यौञ्जनले सफाइ पाएका छन । उनीहरु माथि अपरहण तथा शरिर बन्धक मुद्दा चलाइएको थियो । श्रेष्ठलाई १९ दिन अपहरणमा राखेर मुक्त गरिएको थियो । मुक्त भएपछि श्रेष्ठले जाहेरी दर्ता गराएका थिए ।



