बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले नेकपा र राप्रपासहितका ६३ सांसदको समर्थनमा बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

राप्रपाले थापालाई गरेको समर्थनको विषयमा पार्टीमा विवाद हुदा राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ । राप्रपाले प्रदेश प्रमुखलाई संसदीय दलले पार्टीको निर्णय विपरित गरेर पत्र दिएको भन्दै अर्को पत्र बुझाएको भएपनि प्रदेश प्रमुखले त्यसलाई नजरअन्दाज गर्दै मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेका छन् ।