भूमिकास्थानमा पालिकास्तरीय सार्वजनिक सुनुवाइ तथा बहुसरोकारवालासँग छलफल चौतारी सम्पन्न (तस्बिर सहित)

-केशब पन्थी , अर्घाखाँची।

भूमिकास्थान – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम तथा बहुसरोकारवालासँग छलफल चौतारी सम्पन्न भएको छ। स्थानीय शासन प्रणालीलाई थप जवाफदेही, पारदर्शी, समावेशी तथा लैङ्गिक उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

May be an image of one or more people and temple

फेलोसिप, नेतृत्व तथा संस्थागत सुधारमार्फत लैङ्गिक उत्तरदायी र समावेशी शासन सुदृढीकरण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

May be an image of one or more people, people studying and text

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले नगरपालिकाले नागरिकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले स्थानीय तहबाट प्रदान गरिने सेवा तथा विकास निर्माणका गतिविधिलाई अझ प्रभावकारी बनाउन नागरिकको सुझाव, गुनासो र आलोचनालाई समेत महत्वपूर्ण रूपमा लिइने बताउनुभयो।

May be an image of one or more people

नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले स्थानीय सरकारलाई सबै वर्ग, समुदाय, महिला, दलित तथा पछाडि परेका समुदायको पहुँचमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो। उहाँले समावेशी विकास र सेवा प्रवाहका लागि जनप्रतिनिधि, कर्मचारी तथा नागरिकबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

May be an image of studying and text

प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरीले नगरपालिकाबाट सञ्चालन भइरहेका विभिन्न कार्यक्रम, सेवा प्रवाह तथा संस्थागत सुधारका विषयमा जानकारी गराउनुभयो। उहाँले स्थानीय तहमा प्रभावकारी सेवा प्रवाहका लागि नीति, योजना र कार्यान्वयनसँगै नागरिकको सहभागितालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

images

May be an image of one or more people, people studying and hospital

भूमिकास्थान नगरपालिका–४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता बाबुराम सुनारले वडास्तरबाट नागरिकलाई प्रदान गरिँदै आएका सेवा तथा सञ्चालन भइरहेका विकास निर्माणका गतिविधिबारे जानकारी गराउनुभयो। उहाँले नागरिकका समस्या तथा गुनासाहरू प्रत्यक्ष रूपमा सुन्ने र समाधानका लागि पहल गर्ने वातावरण सार्वजनिक सुनुवाइ कार्यक्रमले निर्माण गरेको बताउनुभयो।

images

May be an image of one or more people, people studying and text

कार्यक्रममा Governance Labकी प्रतिनिधि राधा अधिकारीले लैङ्गिक उत्तरदायी तथा समावेशी शासनको आवश्यकता र स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयनका विषयमा धारणा राख्नुभयो। उहाँले शासन प्रणालीमा महिला, दलित, विपन्न तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संस्थागत सुधार र नेतृत्व विकास आवश्यक रहेको बताउनुभयो।

images

May be an image of one or more people and text

त्यस्तै, भूमिकास्थान नगरपालिकाको महिला शाखा प्रमुख शान्ता भुसाल आचार्यले महिला लक्षित कार्यक्रम, महिला सहभागिता तथा नगरपालिकाबाट सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउनुभयो। उहाँले महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणका लागि स्थानीय तहबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो।

May be an image of one or more people and temple

कार्यक्रममा *हाम्रो साहस (HAMRO SAHAS)*की प्रतिनिधि राधा नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाँले स्थानीय तहमा सुशासन, समावेशिता र लैङ्गिक उत्तरदायित्वलाई प्रभावकारी बनाउन यस्ता छलफल तथा सार्वजनिक सुनुवाइले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

Nepal life insurance

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, महिला अगुवा, विभिन्न संघसंस्थामा आबद्ध महिला, कर्मचारी, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय तहबाट सेवा लिने क्रममा आफूहरूले भोगेका समस्या, कठिनाइ तथा गुनासाहरू समेत प्रस्तुत गरेका थिए।

May be an image of one or more people, people studying and text

सहभागीहरूले महिला, दलित तथा अन्य पछाडि परेका समुदायको सहभागिता र पहुँच अझ प्रभावकारी बनाउनुपर्ने, सार्वजनिक सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाउनुपर्ने तथा स्थानीय तहबाट सञ्चालन हुने कार्यक्रमको जानकारी आम नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

May be an image of one or more people, people studying and text

सार्वजनिक सुनुवाइका क्रममा उठेका प्रश्न, गुनासा तथा सुझावप्रति नगरपालिकाका जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीहरूले आवश्यक सम्बोधन तथा सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम दलित चेतना विकास परिषद्को सहकार्य, भूमिकास्थान नगरपालिकाको समन्वय तथा UK International Development, हाम्रो साहस (HAMRO SAHAS), UN Women र Governance Lab लगायतका संस्था तथा साझेदारहरूको सहयोगमा आयोजना गरिएको हो।

May be an image of one or more people and text

स्थानीय तहको शासन प्रक्रियामा नागरिकको सहभागिता बढाउँदै जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने यस्ता कार्यक्रमले स्थानीय सरकारलाई थप उत्तरदायी र जवाफदेही बनाउन महत्वपूर्ण योगदान पुग्ने सहभागीहरूको भनाइ थियो।

कार्यक्रमले भूमिकास्थान नगरपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशिता, नेतृत्व विकास तथा संस्थागत सुधारका विषयमा सरोकारवालाबीच साझा धारणा निर्माण गर्नसमेत सहयोग पुगेको आयोजकले जनाएको छ।