इजरायलद्दारा गाजाको हत्या बारे पहिलो पटक आपराधिक अनुसन्धान सुरु

जेरुसेलम, ७ साउन । इजरायली सेनाले गाजामा आफ्ना सैनिकहरूको आचरणबारे पहिलो पटक फौजदारी अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ।

यो अनुसन्धान ५ वर्षीया हिन्ड रजाब र उनको परिवार तथा १५ जना प्यालेस्टिनी स्वास्थ्यकर्मीको हत्याको घटनामा केन्द्रित छ। सेनाले गाजामा आफ्ना सैनिकहरूको आचरणसम्बन्धी १५० वटा घटनाको समीक्षा पूरा गरेको र पाँचवटा घटनामा निर्णय लिइसकेको जनाएको छ।

यी अनुसन्धानहरू ती हत्याका घटनाहरूसँग सम्बन्धित छन् जसले अन्तर्राष्ट्रिय स्तरमा व्यापक आक्रोश निम्त्याएका थिए। फेब्रुअरी २०२४ मा मारिनुअघि हिन्ड आफ्ना मारिएका आफन्तहरूसँगै एउटा गाडीभित्र फसेकी थिइन्।

सेनाले गथ बुधबार स्वीकार गर्‍यो कि सैनिकहरूले हिन्ड र उनका आफन्तहरू सवार कारमा तथा उनलाई उद्धार गर्न पठाइएको एम्बुलेन्समा गोली चलाएका थिए, जसमा दुई स्वास्थ्यकर्मीको मृत्यु भएको थियो। प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले इजरायली कदमहरू पर्याप्त छैनन् भन्दै अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेको छ।

मार्च २०२५ मा १५ जना स्वास्थ्यकर्मीको हत्याको घटनामा इजरायली सेनाले दक्षिणी गाजामा हताहत भएकाहरूको उद्धारमा खटिएका एम्बुलेन्स र अन्य आपतकालीन सवारी साधनहरूमाथि गोली चलाएको थियो। त्यसपछि सैनिकहरूले शव र सवारी साधनहरूमाथि बुलडोजर चलाएर सामूहिक चिहानमा गाडेका थिए।

इजरायली सेनाले सुरुमा दाबी गरेको थियो कि सवारी साधनहरूले हेडलाइट वा आपतकालीन संकेत बिना नै सैनिकहरूतर्फ शंकास्पद रूपमा अघि बढेकाले गोली चलाइएको थियो। तर, आपतकालीन बत्ती बालेर र स्पष्ट लोगो देखिने गरी ती टोलीहरू बिस्तारै अघि बढिरहेको फुटेज सार्वजनिक भएपछि सेना आफ्नो अडानबाट पछि हट्यो। ती हत्याका घटनाहरूका कारण एक उप(कमाण्डरलाई पदबाट हट्न निर्देशन दिइएको थियो।

हिन्द रजब र प्यारामेडिकको हत्यासम्बन्धी फौजदारी अनुसन्धानको जिम्मा अब सैन्य अनुसन्धानकर्ताहरूले लिनेछन् र उनीहरूले आफ्ना निष्कर्षहरू सैन्य अभियोजकसमक्ष पेस गर्नेछन्।

त्यसपछि, सैन्य महान्यायाधिवक्ताले अनुसन्धान जारी राख्ने, संलग्न सैनिकहरूविरुद्ध अभियोग लगाउने वा उनीहरूमाथि मुद्दा नचलाउने भन्नेबारे निर्णय गर्न सक्ने छन्।

उता, इजरायली सेनाले अप्रिल २०२४ को हवाई आक्रमणमा वर्ल्ड सेन्ट्रल किचन का सात कर्मचारी, जसमा अस्ट्रेलियाली सहायताकर्मी जोमी फ्रान्ककोम पनि थिइन्, को मृत्युको घटनामा भने फौजदारी अनुसन्धान नचलाउने बताएको छ।

images

सेनाले सवारी साधनमा रहेका व्यक्तिहरूलाई गल्तीवश हतियारधारी हमास लडाकु ठानिएको बताए पनि कमाण्डरहरूको निर्णयले फौजदारी दुराचारको उचित शंका उत्पन्न नगराएको निष्कर्ष निकालेको सार्बजनिक भए पछि वर्ल्ड सेन्ट्रल किचनका संस्थापक जोसे एन्ड्रेसले बुधबारको निर्णयलाई ‘गलत र पीडादायी’ भन्दै निन्दा गरेका छन् ।

images

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले पनि बिहीबार उक्त निर्णयप्रति आक्रोश व्यक्त गरेकी थिइन् र यस कदमबारे इजरायली राजदूतलाई स्पष्टीकरणका लागि बोलाएकी पनि थिइनन्। उनले यो निर्णय अपेक्षा गरेको जवाफदेहिताभन्दा निकै कम रहेको प्रारम्भिक प्रतिक्रिया दिएकी छिन् ।

वोङसँगको भेटपछि इजरायली राजदूत हिलेल न्यूम्यानले फ्रान्ककोमको परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त भने गरेका थिए तर सहायताकर्मीहरू माथि आक्रमण वा घाइते बनाउने इजरायलको कुनै मनसाय नभएको कुरामा जोड दिएका थिए।

images