गोरखाबाट पाँच नाल बेवारिसे भरुवा बन्दुक बरामद

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय आरुघाट, गोरखाबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती गर्ने क्रममा आरुघाट गाउँपालिका–६ चिहानडाँडा नजिकैको जंगलमा सल्लाका हाँगाले छोपेर बेवारिसे अवस्थामा राखिएका १ नाले भरुवा बन्दुक ५ थान फेला परेको हो ।

बरामद बन्दुकमध्ये १ थान भाँचिएको र ४ थान खिया लागेको अवस्थामा रहेको र बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।