चितवनमा मोटरसाइकल, ट्रक र कार ठोक्किँदा एक जनाको ज्यान गयो

काठमाण्डौ — चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान मोटरसाइकल, ट्रक र कार ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक भरतपुर महानगरपालिका–१३ बस्ने २१ वर्षीय सन्देश विष्टको ज्यान गएको हो ।

मोटरसाइकलको पछाडि बसेका तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र कारका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।