
नेपालका प्राङ्गारिक मल उत्पादकहरूले स्पष्ट नीतिको अभाव, खुला सीमानाबाट हुने अवैध आयात र अव्यावहारिक गुणस्तर मापदण्डका कारण स्वदेशी उद्योगहरू धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । कच्चा पदार्थको आपूर्ति, भण्डारण र बजारीकरणमा देखिएका जटिलताका कारण लगानी जोखिममा परेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपालको प्राङ्गारिक मल क्षेत्रमा स्पष्ट नीतिको अभाव, खुला सीमाना र अव्यावहारिक गुणस्तर मापदण्डका कारण उद्योगीहरूले गम्भीर समस्या भोग्नुपरेको बताए ।


प्राङ्गारिक मल उद्योगले कच्चा पदार्थको आपूर्ति, भण्डारण र बजारीकरणमा विभिन्न समस्या भोग्नुपरेको सरोकारवालाहरूको भनाइ छ ।

माटोको उत्पादकत्वमा ह्रास आइरहेको र रासायनिक मलको प्रभावकारिता घट्दै गएको भन्दै सरोकारवालाहरूले बायोचार उत्पादन र प्रयोगलाई प्राथमिकता दिन सरकारसँग माग गरेका हुन् ।




