
प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोला महामारी नियन्त्रणका लागि खोपको पहिलो खेप राजधानी किन्शासा पुगेको छ । ५ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेको र २ हजार ५ सय भन्दा बढीको ज्यान लिइसकेको यस प्रकोपलाई रोक्न सरकारले खोप अभियानलाई तिब्रता दिएको हो ।
कंगोको स्वास्थ्य मन्त्रालयकाअनुसार राजधानी किन्शासास्थित एन‘डिजिली अन्तर्राष्ट्रिय विमानस्थलमा ‘इर्भवेबो’ खोपको कुल १६ हजार ५ सय २० मात्रा (डोज) आइपुगेको छ ।


मन्त्रालयले अगस्ट २१ देखि २४ को बीचमा थप ५० हजार १ सय २० मात्रा खोप आइपुग्ने अपेक्षा गरिएको जानकारी दिएको छ ।





