काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते

रुसको नोवोरोसिस्क बन्दरगाह नजिकै काला सागर (ब्ल्याक सी) मा टर्कीको एक व्यापारिक जहाजमाथि आक्रमण भएको छ ।

उक्त घटनामा परी एक जना नाविकको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ‘काल्योन्कु डेनिसिलिक’ कम्पनीद्वारा सञ्चालित ‘युरल’ नामक जहाजमाथि मध्यरातमा उक्त आक्रमण भएको हो ।

आक्रमणका बावजुद जहाजले आफ्नो यात्रा जारी राखेको र शनिवार टर्कीको उत्तरी बन्दरगाह सामसुन पुगेको ‘इहलास न्युज एजेन्सी’ले जनाएको छ ।