
टर्की सरकारले आफ्नो दक्षिणपूर्वी प्रान्त सान्लिउर्फामा अवस्थित एक पुरातात्विक क्षेत्रमा नयाँ तथ्यहरू फेला परेको सार्वजनिक गर्दै त्यहाँ खुला सङ्ग्रहालय निर्माण गर्ने घोषणा गरेको छ ।
टर्कीको सञ्चारमाध्यम ‘मिलियत’ ले त्यहाँका संस्कृति तथा पर्यटन मन्त्रीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।


संस्कृति तथा पर्यटन मन्त्री मेहमेट नुरी एर्सोयकाअनुसार ईसापूर्व नवौँ सहस्राब्दीको मध्यतिरको मानिएको ‘सायबुर्च’ नामक पुरातात्विक स्थलमा करिब २,७०० वर्गमिटर क्षेत्रफलमा झन्डै ७० वटा संरचनाहरू फेला परेका छन् ।





