राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छः विमलेन्द्र निधी

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता निधीले नेपाली जनताको लामो संघर्ष र दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त संघीय संरचना र संविधानमाथि अहिले विभिन्न पक्षबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

राजनीतिक प्रणालीमाथि संकट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख गर्दै नेता निधीले व्यवसायीहरूलाई राजनीतिक चासो राख्न र प्रणाली जोगाउन एकजुट हुन अपिल गर्नुभयो ।