
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले अवलम्बन गरेको बहुदलीय जनवाद पुँजीवादी जनवाद भएको टिप्पणी गर्नुभएको छ ।
पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवाद पनि पुँजीबाद नै भएको बताउनुभएको हो ।


उहाँले आफू लामो समय एमालेमा रहँदा नयाँ जनवादका लागि संघर्ष गरेको स्मरण गर्दै एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको बहुदलीय जनवादको कार्यक्रममा भिन्न मत राखेको बताउनु भयो । २०६२÷६३ को जनआन्दोलनपछि जनवादी क्रान्ति सम्पन्न भएको अवस्थामा समाजवादी क्रान्तिको चरणमा बहुदलीय जनवादको निरन्तरता आवश्यक नरहेको उहाँको भनाई छ ।

खनालले अहिले पनि एमाले बहुदलीय जनवादकै विचारमा अघि बढिरहेको भन्दै पार्टी नेतृत्व र विचारमा परिवर्तन नआए एमाले ध्वस्त हुने दाबी गर्नुभयो ।




