
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकको विद्यमान समस्या समाधानका लागि सदनका साथै सडकबाट समेत जनदबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनरगठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले वर्तमान चुनौतीहरूको सामना गर्न साझा मुद्दाहरूमा सहकार्य गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको हो ।

नेता ज्ञवालीले सदनमा रहेका दलहरूले संसदीय प्रक्रियामार्फत आवाज उठाउनु सकारात्मक भएपनि त्यो मात्र पर्याप्त नहुने उल्लेख गर्नुभयो ।


देशको वर्तमान अवस्थालाई अधोगतिको संज्ञा दिँदै उहाँले जनताको सशक्त हस्तक्षेप बिना यसलाई रोक्न नसकिने दाबी गर्नुभयो । साझा मुद्दाहरूको पहिचान गरी एकीकृत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै ज्ञवालीले सबै पक्षलाई यसतर्फ गम्भीर हुन ध्यानाकर्षण गराउनु भयो ।





