विश्वभरका नेपालीको सामर्थ्यलाई नेपालसँग जोड्न एनआरएनएको सक्रियता, सञ्जाल १०० देशमा पुर्‍याइने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सांगठनिक सञ्जाललाई विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आईतवार आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. हेमराज शर्माले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

अध्यक्ष डा. शर्माले नेपाली हुनुको पहिचान भूगोल र कानूनमा मात्र सिमित नहुने बताउनु भयो ।

नेपाली डायस्पोराको बढ्दो संख्या र सामथ्र्यबारे चर्चा गर्दै डा. शर्माले नेपालभित्रको जनशक्ति भन्दा नेपालबाहिर रहेको युवा जनशक्तिको अनुपात र उनीहरूको आर्थिक उपार्जन क्षमता ठूलो भइसकेको उल्लेख गर्नुभयो ।