पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुटबन्दी र विवाद नरहेको सन्देश दिनुभएको छ । आईतवार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले पार्टी कार्यकर्तालाई यस्तो सन्देश दिनुभएको हो ।

उहाँले पार्टीभित्र विवाद रहेको विषयमा बजारमा हुने गरेका हल्लाहरुको पछि नलाग्न समेत उहाँले सबैमा आग्रह गर्नुभयो ।

उहाँले पार्टीको प्रथम महाधिवेशनमार्फत समायोजनको सम्पूर्ण कार्य सम्पन्न भइसको समेत स्पष्ट पार्नुभयो ।

उहाँले पार्टीले बनाएको विधि, निर्देशिका, नियमावली तथा अनुमोदित राजनीतिक दस्तावेजको अक्षरशः पालना गरिने समेत स्पष्ट पार्नुभयो ।