अर्बुन मस्जिद सञ्चालन समितिको कार्यालय उद्घाटन तथा विधान वाचन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-केशव पन्थी/अर्घाखाँची डटकम्

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. २, बल्कोटमा अवस्थित अर्बुन मस्जिद सञ्चालन समितिको कार्यालय उद्घाटन तथा विधान वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

समितिका अध्यक्ष हाजि हसरदिन मियाँको अध्यक्षता तथा कलिम मियाँको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. २ का वडा अध्यक्ष शंकर प्रसाद पाण्डे र विशिष्ट अतिथिका रूपमा बाबुराम पौडेलको उपस्थिति रहेको थियो ।

No photo description available.

​कार्यक्रममा विभिन्न क्षेत्रका महानुभाव, बुद्धिजीवी तथा समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो। अतिथिका रूपमा हाजि बसिर मियाँ, बर्कत अलि मियाँ, पूर्व वडा अध्यक्ष राजेश कुमार पन्थी, समाजसेवीहरू माधव पन्थी, नजिर मियाँ र कृष्ण पौडेल उपस्थित हुनुहुन्थ्यो।

May be an image of one or more people

त्यसैगरी, अर्बुन आधारभूत विद्यालयका प्रधानाध्यापक सलिम मियाँ, जन जागृति आ.विका प्र.अ. सरस्वती पौडेल, बल्कोट प्रहरी चौकीका इन्चार्ज दिवस दाहाल, कावा वार्ड सचीव तारा बिक, अमिर मियाँ तथा हुसेनी इमामबाडाका मावु मियाँ लगायतका अतिथिहरूको पनि सहभागिता रहेको थियो।

May be an image of one or more people, temple and text

​समारोहमा मस्जिदको नयाँ कार्यालयको औपचारिक उद्घाटन गरिनुका साथै समितिको विधान वाचन गरी उपस्थित सबैलाई जानकारी गराइएको थियो।

images

May be an image of one or more people and text

​कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हाजि हसरदिन मियाँले कार्यालय सञ्चालन र स्पष्ट विधानले संस्थागत कामहरूलाई अझ पारदर्शी र व्यवस्थित बनाउन मद्दत पुर्याउने बताउनुभयो।

images

May be an image of one or more people

उहाँले मस्जिद सञ्चालन समिति समाजमा आपसी भाइचारा, शान्ति र एकता कायम राख्न सधैँ प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो। अन्य वक्ताहरूले पनि यस पहलले स्थानीय तहमा सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको थियो।

images

तस्वीर : केशव पन्थी/अर्घाखाँची डटकम्

 

No photo description available.

Nepal life insurance