पुरानो पहिचानलाई नयाँ प्रविधिसँग जोड्दै उमेश छापाखाना, अर्घाखाँचीमै थपियो आधुनिक प्रिन्टिङ सेवा (तस्बिर सहित)

– अर्घाखाँची डटकम् ।

अर्घाखाँची । अर्घाखाँचीको मुद्रण तथा प्रकाशन क्षेत्रको पुरानो पहिचान बोकेको उमेश छापाखानाले आफ्नो निरन्तर सेवासँगै नयाँ प्रविधि भित्र्याउँदै सेवा विस्तार गरेको छ।

May be an image of toy and text

लामो समयदेखि जिल्लाका विद्यालय तथा कलेजका पुस्तक तथा शैक्षिक सामग्रीदेखि साहित्यिक कृति, साहित्यिक पत्रपत्रिका, विभिन्न पत्रपत्रिका, स्मारिका तथा अन्य प्रकाशन सामग्री छपाइ गर्दै आएको उमेश छापाखानाले पछिल्लो समय आधुनिक डिजिटल प्रिन्टिङ तथा फ्लेक्स प्रिन्टिङ प्रविधिसमेत भित्र्याएको हो।

May be an image of text

अर्घाखाँचीको छपाइ इतिहाससँग जोडिएको पुरानो छापाखानाले समयअनुसार प्रविधिमा आफूलाई परिमार्जन गर्दै स्थानीय ग्राहकलाई आवश्यक पर्ने सेवा जिल्लामै उपलब्ध गराउने प्रयास गरिरहेको छ।

May be an image of text

उमेश छापाखानाका सञ्चालक तथा समाजसेवी उमेश घिमिरेले पुरानो अनुभव र विश्वासलाई कायम राख्दै ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्न नयाँ प्रविधि भित्र्याइएको बताउनुभयो। उहाँका अनुसार अब आधुनिक प्रविधिबाट हुने विभिन्न प्रकारका प्रिन्टिङ तथा फ्लेक्ससम्बन्धी कामहरू समेत सहज र सहुलियत दरमा उपलब्ध गराइनेछ।

May be an image of textMay be an image of text

उहाँले आगामी दिनमा प्रविधिको विकाससँगै ग्राहकलाई थप सुविधा दिने उद्देश्यले आवश्यकताअनुसार अन्य नयाँ प्रविधि र सेवा पनि क्रमशः थप गर्दै जाने बताउनुभयो।

images

No photo description available.

अर्घाखाँचीमा लामो समयदेखि पुस्तक, पत्रपत्रिका तथा साहित्यिक सामग्री छपाइको सेवा दिँदै आएको उमेश छापाखानाले अहिले नयाँ प्रविधिलाई आत्मसात् गर्नुले जिल्लामै आधुनिक मुद्रण सेवाको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

images

पुरानो अनुभव, निरन्तर सेवा र नयाँ प्रविधिको संयोजन—उमेश छापाखाना अर्घाखाँचीको मुद्रण क्षेत्रको निरन्तर यात्रामा अघि बढिरहेको छ।

 

images

तस्वीर : रुद्रमणि भुसाल/अर्घाखाँची 

May be an image of children's toy and text that says "dI INT विवाह 1- ጥድዱህ!!! ЮAИ 임 신월 शुभ!"

May be an image of text

May be an image of text

Nepal life insurance